Monday, September 1, 2014
अर्पण तीज महोत्सव २०७१
अर्पण तीज महोत्सवमा नारी सम्मान,स्टेशनरी वितरण धु्रवराज खनाल,भदौ १२ गते रत्ननगर १ वकुल्लहरमा रहेको सामुदायिक रेडियो अर्पणले नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा विहीवार आयोजना गरेको अर्पण तीज महोत्सव २०७१ मा विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै तीन जना महिलाहरुलाई सम्मान गरेको छ । लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहेर कलम चलाउनु भएकी गोरखापत्र चितवनकी संवाददाता पत्रकार शान्ता अधिकारी,कला क्षेत्र तर्फ सरिता गुरुङ श्रेष्ठ र साहित्यीक क्षेत्र तर्फबाट भरतपुर निवासी सरिता तिवारीलाई सम्मान गरिएको रेडियोले जनाएको छ । कार्यक्रमकी प्रमुख अतिथी आर्दश नारी गृहकी संचालिका मिना खरेल र रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले उहाँहरुलाई दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गर्नुभयो । यस्तै रत्ननगर र आसपासका गाविसमा रहेका विभिन्न १० वटा सामुदायिक विद्यालयका विपन्न वर्गका ३÷३ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि वितरण गरिएको छ । सो अवसरमा वकुल्लहर मावि,नेपाल उच्च मावि,वैरिया मावि,मोहना मावि,कपरखोरी मावि,चित्रसारी मावि,वछौली उच्च मावि,पृथ्वी उच्च मावि जुटपानी ,भिमोदय उच्च मावि पदमपुर,जनजागृती उच्च मावि पिठुवामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । महोत्सवमै संस्कृती संरक्षण ,नारीहरुको क्षमता अभिवृद्धी तथा प्रतिभा प्रष्फुटन गर्ने उदेश्यका साथ सचेतना मुलक प्रतियोगितात्मक तीज गीत कार्यक्रम भएको थियो । प्रतियोगितामा रत्ननगर १ वकुल्लहरमा रहेको उज्वल महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम,अन्नपुर्ण दिदि वहीनी समुह पिठुवा द्धितिय,महिला स्वास्थ्य स्वयम सेविका रत्ननगर तृतिय तथा रत्ननगर ८ मा रहेको एन्जल्स वल्र्ड वोडिङले सान्त्वना स्थान हासिल गरेको छ भने वैरिया माविका तर्फबाट सहभागी भई नृत्यमा उत्कृष्ठ घोषित भएको रेडियोले जनाएको छ । प्रतियोगिता सहभागी समुहहरुले संविधान निर्माण,राष्ट्रियता,विकास निर्माण,संरक्षण जस्ता विषयवस्तुलाई उठाउन गरी प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सवमा उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महिला समन्वय समिति चितवनकी उपाध्यक्ष सुशीला उप्रेती,नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला दुवाडी ,टोल विकास संस्था नगर समन्वय समिति रत्ननगरका अध्यक्ष बाबुराम गौतम,जनजागृती सहकारी संस्था रत्ननगरका अध्यक्ष रमाकान्त पौडेल, वछौली गाविस सचिव तेजेन्द्रनाथ लामिछाने,विभिन्न राजनितिक दलका महिला प्रतिनिधी,विभिन्न संघ संस्थाका महिला प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रेडियोका सचिव सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment