Sunday, October 26, 2014

तिहार


         आज २०७१ सालको गौं पूजाको दिन हो । सारा मानिसहरु सकी नसकी आफ्नो दर्जालाई उचा पार्न कोशीष गरिरहेका छन । छर छिमेक वल्लो पल्लो घर सँग नजर जुधाएर तँ भन्दा म के कम छैन भन्ने भावनाले प्रेरित हुँदै बजारबाट के खरिद गर्दा म ठुलो मान्छे हुन्छु भन्ने भावना राख्दै घर घरहरु मा झल्लर बत्तीहरु झल्काइ रहेका छन । कागजका मालाहरुले टिलिक्क पारेर लक्ष्मी बोलाई रहेका छन ।

           युवतीहरु, भर्खरका अल्लारे ठिटीहरु आफ्ना दाजु भाईहरु लाई के दिँदा म दानी हुन सक्छु । कसरी मेरो परिवारका मान्यजन बन्धु,बान्धव मिठो मुख लगाउन सक्दछन भनेर हप्तौं देखी हाट बजारमा कुहिना ठोक्दै घुचेटा घुचेट गर्दै माल सामान किनी रहेका छन । ब्यापारीहरु यो मौकामा नकमाए कहिले कमाउने भनेर, बाहिरतिर हेर्ने सम्म समय नभएर आफ्ना ठगी ब्यापारमा मस्त छन ।

            घरका अभिभावक चाडबाड आयो भनेर टाउको समाउन पुग्दछन । यि चाड पर्ब नाअएपनी हुन्थ्यो भन्नेमा हुन्छन । आम्दानी हुनेले त खर्च गर्ला । नहुनेले अर्कासँग ॠणको रुपमा हात थाप्न वाध्य छ । त्यो अभिभावकको मर्का बुझ्ने मान्छे कमै हुन्छन । लक्ष्मी बोलाउछु भन्दा लक्ष्मी झन टाढा हुँदै जान्छिन । उसको शिर निहुरिन पुग्दछ ।
           
             
साच्चै भन्नु पर्दा झल्लर बत्तिहरुले देशको अर्थतन्त्रमा नराम्रो असर गरेको छ । ठुलो रकम विदेशीएको छ । नेपालीहरु लाई गरीब बनाएको छ ।


कुल प्रसाद शर्मा
कार्तिक सात गते, २०७१
गोबर्धन पुजाको दिन

No comments:

Post a Comment